खान संग स्क्रिन सेयर गर्दै कंगना | आगामी मार्चमा फ्लोरमा जाने तयारी



रंग खबर, काठमाडौँ | बलिउडकी रानी कंगना रनाउत फेरी पनि खान संग फिल्म खेल्न राजी भएकी छिन । गत बर्ष इमरान खान संग ‘कट्टी बट्टी’मा देखिएकी कंगना अब अभिनयका खानी इरफान खान संग स्क्रिन सेयर गर्नेछिन् । एक अनटाइटल प्रोजेक्टका लागि कंगना राजी भएकि हुन् । फिल्म आगामी बर्ष मार्चमा फ्लोरमा उत्रिने छ । अभिनयमा पोख्त कंगना र इरफान हुने भएपछी यो प्रोजेक्टको चर्चा चुलिएको छ ।

1464004532-7255

स्रोतका अनुसार यो भन्दा पहिले इरफान र कंगनालाई लिएर बनाउने भनेको ‘डीवाइन लभर्स’ बन्द भएको छ । केहि समय अगाडी कंगनालाई गरिएको अफर लत्याए पछी अन्तत ‘डीवाइन लभर्स’ तत्कालका लागि बन्द भएको हो ।

प्रतिक्रिया दिनुहोस्