‘राधा’को गीतमा जीवन र संचिताको लोभलाग्दो केमेस्ट्री (भिडियो सहित)



रंग खबर, काठमाडौँ | जीवन लुइँटेल र संचिता लुइँटेल स्टारर फिल्म ‘राधा’को पहिलो गित रिलिज भएको छ । ‘छपक्कै’ बोलको गीतमा जीवन र संचिताको जोडी फिट देखिन्छ ।इलामका रमणीय दृश्यलाई निर्देशक योगेश घिमिरेले फेरी एक पटक उत्कृष्ठ ढंगबाट उतारेका छन् ।

radha song

बसन्त सापकोटाको संगीतमा सजिएको गीतमा किरण गज्मिर र मलिना राइले स्वर भरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा एकनारायण भण्डारीको संगीत रहेको छ । बिष्णुमणि दाहाल र सुशील कार्कीको लगानी रहेको फिल्मलाई मनकृष्ण महर्जनले खिचेका हुन् । राधा यो बर्ष तिहारको छेकोमा रिलिज हुदैछ ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्