राजु केसीलाई पछी पार्दै सुचित्रा श्रेष्ठ निर्देशक समाजको अध्यक्ष पदमा



रंग खबर, काठमाडौँ | निर्देशक समाजको अध्यक्ष पदमा सुचित्रा श्रेष्ठ बिजयी भएकी छिन । शनिबार सम्पन्न चुनावमा प्रत्यासी राजु केसीलाई पछी पर्दै अध्यक्ष पदमा बिजयी भएकी हुन् । अब निर्देशक समाजको अध्यक्ष पदमा श्रेष्ठको तिन बर्षे कार्यकाल रहनेछ । श्रेष्ठ नेपाली फिल्म क्षेत्रकै पहिलो महिला निर्देशक पनि हुन् ।

20131115084116_b756d88100d96256a4dac22e687c6c47@filmykhabar.com

त्यस्तै निर्देशक समाजको सचिवमा शेखर खनाल, उपाध्यक्षमा रक्षासिंह राणा र दिपक खाँड, कोषाध्यक्षमा विश्वमणि घिमिरे, सहकोषाध्यक्षमा राजु अधिकारी बिजयी भए । यस्तै सदस्यहरुमा अरुणकुमार प्रधान, समुन्द्र भट्ट, अजित अधिकारी, शानु शाक्य, रञ्जित राना र आरविके शरद विजयी भए । महा सचिवमा भने गोपालचन्द्र लामिछाने यसअघि नै निर्विरोध चयन भईसकेका छन् । १३८ जना निर्देशकले मताधिकार पाएकोमा जम्मा १०३ मत मात्र खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्