रंग खबर. काठमाडौँ | जोन अब्राहम र बरुण धवन स्टारर फिल्म ‘ढिशुम’ले २००४ मा प्रदर्शन भएको ‘धूम’को रेकर्ड तोडेको छ । समिक्षकबाट ठिकै तारिफ बटुलेको ‘ढिशुम’ले आक्रामक ब्यापार गर्दै ३ दिनमै ‘धूम’को रेकर्ड तोडेको हो । ‘ढिशुम’ले तिन दिन अर्थात पहिलो विकेन्डमा ३७.३२ करोडको ब्यापार गरेको छ । बक्स अफिसमा हिट भएको जोन अब्राहम अभिनित ‘धूम’ले ३१.७५ करोडको ब्यापार गरेको थियो ।
यो संगै ‘ढिशुम’ जोनको सर्वाधिक कलेक्सन गर्ने फिल्मको लिस्टमा नवौ नम्बरमा उक्लिएको छ । जोनको लाइफको सर्वाधिक कलेक्सन गरेको फिल्म ‘हाउसफुल २’ हो । जसले ११४ करोडको ब्यापार गरेको थियो ।
यी हुन् जोन अब्राहमका सर्वाधिक कमाइ गरेका १० फिल्महरु
१) हाउसफुल २: ११४ करोड
२) रेस २: १०२ करोड
३) वेलकम ब्याक: ९७ करोड
४) शुटआउट एट वाडाला: ६२ करोड
५) देशी ब्वाइज: ५३ करोड
६) मद्रास क्याफे: ४५ करोड
७) न्युयोर्क: ४५ करोड
८) दोस्ताना: ४४.५० करोड
९) ढिशुम: ३७.३२* करोड
१०) धूम: ३१.७५ करोड