‘ढिशुम’ले तिन दिनमै तोड्यो ‘धूम’को लाइफटाइम रेकर्ड



रंग खबर. काठमाडौँ | जोन अब्राहम र बरुण धवन स्टारर फिल्म ‘ढिशुम’ले २००४ मा प्रदर्शन भएको ‘धूम’को रेकर्ड तोडेको छ । समिक्षकबाट ठिकै तारिफ बटुलेको ‘ढिशुम’ले आक्रामक ब्यापार गर्दै ३ दिनमै ‘धूम’को रेकर्ड तोडेको हो । ‘ढिशुम’ले तिन दिन अर्थात पहिलो विकेन्डमा ३७.३२ करोडको ब्यापार गरेको छ । बक्स अफिसमा हिट भएको जोन अब्राहम अभिनित ‘धूम’ले ३१.७५ करोडको ब्यापार गरेको थियो ।

dishoom-evicts-dhoom-becomes-johns-10th-highest-grosser-0001

यो संगै ‘ढिशुम’ जोनको सर्वाधिक कलेक्सन गर्ने फिल्मको लिस्टमा नवौ नम्बरमा उक्लिएको छ । जोनको लाइफको सर्वाधिक कलेक्सन गरेको फिल्म ‘हाउसफुल २’ हो । जसले ११४ करोडको ब्यापार गरेको थियो ।

यी हुन् जोन अब्राहमका सर्वाधिक कमाइ गरेका १०  फिल्महरु

१) हाउसफुल २: ११४ करोड

२) रेस २: १०२ करोड

३) वेलकम ब्याक: ९७ करोड

४) शुटआउट एट वाडाला: ६२ करोड

५) देशी ब्वाइज: ५३ करोड

६) मद्रास क्याफे: ४५ करोड

७) न्युयोर्क: ४५ करोड

८) दोस्ताना: ४४.५० करोड

९) ढिशुम: ३७.३२* करोड

१०) धूम: ३१.७५ करोड

प्रतिक्रिया दिनुहोस्