निर्माताको जन्मदिनमा अडियो रिलिज | छोरालाई निशुल्क पढाउने घोषणा (भिडियो सहित)



रंग खबर, काठमाडौँ | संचारकर्मी कुमार आचार्यले निर्माण गरेको फिल्म ‘बर्दी’को टिजर र गित सार्वजनिक गरिएको छ । बनेपास्थित ग्राण्ड समर प्यालेस रिर्सोटमा आचार्यको जन्मदिनको अवसर पारेर फिल्मको बारेमा जानकारी दिइयो ।

bardi-audio-bimochan

कार्यक्रममा निर्माता छविराज ओझा, वितरक गोपाल कायस्थ, नेपाल चलचित्र प्राविधिक संघका पूर्व अध्यक्ष मनोज केसी लगायतले  फिल्मको अडियो विमोचन गरेका थिए । कार्यक्रममा प्रस्तुतकर्ता आचार्यले चलचित्रले सामाजिक सन्देश दिने बताए । प्रमुख अतिथि निर्माता ओझाले लामो समयदेखि सञ्चारकर्ममा सक्रिय कुमारको चलचित्रलाई दर्शकले पनि रुचाउनेमा विश्वास व्यक्त गरे । सोही अवसरमा निर्माता ओझाले आचार्यको जन्मदिनका अवसरमा उनका छोरा प्रवेशलाई एभरेष्ट फिल्म एकेडेमीमा निशुल्क अध्ययन गराइदिने घोषणा गरे । संगीतकार विकास चौधरीले चलचित्रको संगीतको बारेमा चर्चा गरेका थिए ।

bardi song

प्रवेश फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको फिल्मलाई विजयविक्रम बस्नेतको निर्देशन गरेका हुन् । फिल्ममा  कुशल थापा, अनु शाह, वीरेन डिसी, रुपा खनाल, भानुप्रताप, म्याण्डी बाबुलगायतका कलाकारको अभिनय रहेको छ । गणेश श्रेष्ठले छायांकन गरेको ‘बर्दी’लाई गीता आचार्य, प्रवेश आचार्य र करुणा आचार्यले लगानी गरेका छन् । रिलिज डेट नै फाइनल नभएको फिल्मलाई श्रीराम बालाजी फिल्मस् र एफडी कम्पनीले वितरण गर्नेछन् ।

Watch Here song:-

प्रतिक्रिया दिनुहोस्