यूएईको आबुधावीमा हुने म्युजिक भिडियो अवार्डको तयारी तिब्र



रंग खबर, काठमाडौँ | सेप्टेम्बर ९ मा यूएईको आबुधावीमा हुन गैरहेको पहिलो म्युजिक भिडियो अवार्डको तयारी तिब्र भैरहेको छ । नेपालमै पहिलो पटक हुन लागिरहेको अवार्डको बारेमा मंगलबार एक कार्यक्रमका बीच जानकारी दिइयो ।

IMG_9630

आयोजक संगिक्षा फिल्मस् का अनुसार कार्यक्रमको लागि कलाकर्मी र सञ्चारकर्मी सहितको ५० जनाको टोली युएई पुग्नेछ । कार्यक्रममा बोल्दै संगिक्षा फिल्मस् का अध्यक्ष् मनोज केसीले आफुले अवार्ड पैसा कमाउन नभएर मलामी कमाउन गर्ने बताए  । अवार्ड र  संगीत क्षेत्रको बारेमा प्रकाश पार्दै महेश गिरीले दुबई बलिउड फिल्मको छायांकन थलो रहेको र त्यहाँ यो अवार्ड गर्दा नेपाली म्युजिक भिडियोले पनि फराकिलो स्वरूप पाउने आशा व्यक्त गरे ।

IMG_9611

यसअघि स्वागत मन्तव्य सहित कार्यक्रमको बारेमा प्रकाश पार्दै  अवार्ड संयोजक वैकुण्ठराज पराजुलीले नेपाली गीत संगीतको स्तर उन्नतिको लागी अवार्ड सेरेमोनीले थप टेवा पुर्यउने बताए । ‘फिल्म क्षेत्रमा आउन चाहनेहरुको लागी पछिल्लो समय गोल्डेनगेट बनिरहेको म्युजिक भिडियोमा पनि भविष्य छ भन्ने ज्ञात गराउन तथा दिग्गजलाई सम्मान र यो क्षेत्रसँग नजिकिन खोज्नेहरुको लागी प्रोत्साहनको लागी यो प्रकारको अवार्डले सघाउने धारणा राखे ।

IMG_9617

 म्युजिक भिडियो अवार्डमा गत वर्षका चर्चित फिल्म, निर्देशक, नायक र नायिका गरी चार जनालाई सम्मान गरिनेछ भने युएइमा बसेर नेपाली संगीतमा लागि पर्ने संगीतकर्मीलाई पनि सम्मान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्