पल र आँचललाई लिएर नितिन चन्दले ‘जोनी जेन्टलम्यान’ निर्देशन गर्दै



रंग खबर, काठमाडौँ | फिल्म ‘नाइँ नभन्नु ल ४’बाट रजतपटमा इन्ट्री गरेको पल र आँचलको जोडी अहिले आएर अर्को फिल्ममा पनि दोहरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यी दुईको दोस्रो फिल्म ‘जोनी जेन्टलम्यान’ घोषणा गरियो ।

IMG_9687

थुप्रै म्युजिक भिडियो निर्देशन गरेका निर्देशक नितिन चन्दले फिल्मको निर्देशन गर्नेछन । फिल्ममा पल फरक भूमिकामा देखिन लागेको फिल्मका निर्देशकले बताए  । निर्देशकका अनुसार पललाई ६ महिना मार्सलआर्ट पनि गराएको बताउदै अब पल लभरब्वायबाट भिन्न भूमिकामा देखिने दाबी गरे ।

IMG_9698

पलले पनि  ‘जोनी जेन्टलम्यान’ आफ्नो लागि ठुलो चुनौती रहेको बताए । उनले भने, ‘निकै नै मिहेनत गरेको छु । यो फिल्म मेरो लागि पनि चुनौती हो ।’ नायिका आँचल शर्माले आफु अडिसन दिएर नै फिल्मको लागि छानिएको बताइन् । उनले भनिन्, ‘यो पालि चाहिं म कम्प्लेन गर्ने ठाउँ दिन्न । २ सय प्रतिशत राम्रो गर्छु ।

johney

एन्ड्रियु पौडलेलको निर्माण रहने फिल्ममा सञ्जय मल्ल सह निर्माताको रुपमा रहेका छन् । हर्कुलस बस्नेत, ब्रजेश श्रेष्ठ र सचित शाक्यको संगीत रहने फिल्ममा रुपेश थापाको सिनेम्याटोग्राफी रहनेछ ।

IMG_9722

प्रतिक्रिया दिनुहोस्