लोक तीज झल्काउने ‘माइतीको देश’ र ‘पानी सलल’ गित रिलिज (भिडियो सहित)



रंग खबर, काठमाडौँ | तीजको लहर आको छ । तीजका गित धमाधम बजारमा आइरहेका छन् । अहिले सासु-बुहारीको गन्थन देखि लिएर आधुनिक तीज गित सम्म बजारमा उपलब्ध छन ।  प्राय जस्तो चर्चाका नाउमा बिकृति फैलाउने गित पनि अहिले बजारमा धमाधम आइरहेका छन्  । त्यसैका बीचमा हरि बिष्टले आफ्नै पुरानै लोक तीज गित बजारमा ल्याएका छन् ।

teej song

‘माइतीको देश’ र ‘पानी सलल’ बोलका गीतमा मौलिक शब्दहरु प्रयोग भएका । जसले गर्दा यी गीत साचिकै तीज गित जस्तो लाग्छन । फास्टट्रयाक् मा रहेका गीतमा नाचौँ-नाचौँ हुन्छ ।

dipasa bc

प्रायजस्तो युट्युवमै गित रिलिज गरिने प्रचलनबाट केहि पर रहेर निर्माण युनिटले पत्रकार भेटघाट गरेर गित सार्वजनिक गरेको हो ।

teej song 2

‘माइतीको देश’: दिपाशा बिसी र रश्मि तामाङले कम्मर मर्काएका छन् । देबी घर्ति र टिका पुनको सुरिलो स्वरमा हरि बिष्टको शब्द संगीत रहेको छ । शंकर बिसीको कोरियोग्राफी रहेको गीतलाई गंगामाला फिल्मसको ब्यानरमा तयार पारिएको हो ।

‘पानी सलल’: पार्वती ठाडा मगरको स्वरमा सजिएको गीतमा हरि बिष्टको शब्द संगीत र निर्देशन रहेको छ । गीतमा पुर्णिमा श्रेष्ठ र सरु थापा मगरले कम्मर मर्काएका छन् । गंगामाला फिल्मसको ब्यानरमै निर्मित गित ‘सम्झना मितिको-२’ एल्बममा समाबेश रहेको छ ।

प्रतिक्रिया दिनुहोस्