सचिन राईको ‘अनौठो माया’मा बिशाल, मेरिना र मनीको प्रेम (भिडियो सहित)



रंग खबर, काठमाडौँ |  गायक सचिन राईको ‘सुगम स्टार’ एल्बममा समावेश ‘अनौठो माया हाम्रो’ बोलको गीतको म्युजिक भिडियो बुढा सुब्बा च्यानलबाट युट्युवमा सार्वजनिक भएको छ । आइतबार सार्वजनिक गरिएको म्युजिक भिडियोमा ३ जनाको लव–स्टोरीलाई कथानक रुपमा निर्देशक मदनले प्रस्तुत गरेका छन् । म्युजिक भिडियोमा एक युवतीविच दुई युवाको स्टोरी व्याख्या गरिको छ । जहाँ रंगपत्रकार बिशाल राई, मेरिना तुम्सा र मनी चाम्लिङले अभिनय गरेका छन् ।

sachin-rai-song-Anautho-Maya-ft-bishal-rai-merina-mani

। ओम प्रकाश राईको संगीत तथा हर्क साम्पाङको शब्द रहेको गीतको म्युजिक भिडियो धरान आसपास सुटिङ गरिएको  हो । म्युजिक भिडियोमा श्रीकुमार साम्पाङले सिनेमाटोग्राफरको काम गरेका छन् । मेकअप गरिमा डान्स सेन्टरका मनिता राईले गरेकी छिन् । रंग पत्रकार विशाल राई यो म्युजिक भिडियोमा धेरै राम्रो काम गर्ने प्रयास गरेको बताए । उता मोडल मनी माम्लिङ र मेरिनापनि यस म्युजिक भिडियोबाट निकै आसा रहेको बताए ।

Watch Here Song:-

 

प्रतिक्रिया दिनुहोस्