‘वीर विक्रम’लाई उपराष्ट्रपतिद्वारा सफलताको शुभकामना ( भिडियो सहित)



रंग खबर, काठमाडौँ | फिल्म ‘वीर विक्रम’लाई उपराष्ट्रपति नन्दबहादुर पुनले सफलताको शुभकामना दिएका छन् । भेटघाट कार्यक्रममा निर्देशक मिलन चाम्स र नायिका दिया पुनलाई शुभकामना दिदै फिल्म हेर्ने वचन पनि दिए ।

bir-bikram-in1

निर्देशक चाम्स र नायिका दिया उपराष्ट्रपतिलाई भेट्न उपराष्ट्रपतिको कार्यालयमै पुगेका थिए । उपराष्ट्रपतिका अनुसार भदौ १ गते  ‘वीर विक्रम’को प्रिमिएरमा उपस्थित हुनेछन् । उपराष्ट्रपतिले निर्देशक चाम्सलाई टोकन अफ लभ प्रदान गरेका थिए । भदौ ३ गते रिलिज हुने फिल्ममा  दुयासँगै दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा र नाजिर हुसैन लिड रोलमा छन् ।

picture by medianp

Watch Here Video:-

 

प्रतिक्रिया दिनुहोस्