अन्तत : नियम विपरित बिहिबारनै प्रदर्शनमा आए ‘वीर विक्रम’ र ‘चपली हाइट २’



रंग खबर, काठमाडौँ | यो साता नेपाली दुई फिल्म प्रदर्शनमा आएका छन्  । दिपेन्द्र के खनाल निर्देशित ‘चपली हाइट २’ र मिलन चाम्स निर्देशित ‘वीर विक्रम’ नियम बिपरित बिहिबारनै प्रदर्शनमा आएका हुन् । बिहिबार रिलिज गर्ने भनेपछि ‘चपली हाइट २’ विवादमा तानिएको थियो । उपत्यकामा शुक्रवारमात्र नयाँ नेपाली फिल्म प्रर्दशन हुने प्रचलन छ ।

विवादका बाबजुत पनि ‘चपली हाइट २’ बिहिबारनै प्रदर्शनमा आएपछी ‘वीर विक्रम’ युनिटले पनि ‘हामी किन पछी हट्ने’ भन्दै बिहिबारबाट नै प्रदर्शन थालेको हो । यी दुवै फिल्म बिहिबार जनै पुर्णिमाको बिदा खानलाई तम्सिएका हुन् ।

Nepali-movie-Bir-Bikram-first-look-released-poster-2-The-Cinema-Times

वीर विक्रम: मिलन चाम्स निर्देशित ‘वीर विक्रम’ले गाउले परिभेषको कथा बोल्छ । फिल्ममा दयाहाङ राई, अर्पण थापा, नजिर हुसेन, अनुपबिक्रम शाही र दिया पुनको मुख्य भूमिका रहेको छ । बुधबार फिल्मको रेड कार्पेट बिशेष शो र प्रिमिएर गरेको थियो । जहाँ उपराष्टपति नन्दबहादुर पुन, फिल्मकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रिमिएरमा फिल्मलाई रुचाइएको थियो । फिल्म बिहिबारबाट अलनेपाल प्रदर्शनमा आएको छ । ‘वीर विक्रम’ सिंगल र मल्टीप्लेक्स लक्षित फिल्म हो ।

maxresdefault

चपली हाइट २: बिनिता बराल अभिनित ‘चपली हाइट’को सिक्वेलमा नयाँ कलाकारहरुको वर्चश्व रहेको छ । फिल्ममा आयुषमान देशराज, परमिता राणा र मरिस्का पोखरेलको मुख्य भूमिका रहेको छ । फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । ‘चपली हाइट २’लाई अर्जुनकुमारले निर्माण गरेका हुन् । ‘चपली हाइट २’ मल्टीप्लेक्स लक्षित फिल्म हो ।

प्रतिक्रिया दिनुहोस्