अक्षयको यो बर्षको तेस्रो १०० करोड क्लबको दौडमा ‘रुस्तम’ | पाँच दिने कलेक्सन यस्तो छ



रंग खबर, काठमाडौँ | अक्षय कुमार स्टारर ‘रुस्तम’ले बक्सअफिसमा राम्रो ब्यापार गरिरहेको छ । पाँचौ दिन सम्म आइपुग्दा ७५.५० करोडको ब्यापार गरिसकेको फिल्मले पहिलो हप्ता ८५ करोडको आंकडा छुने अड्कल गरिएको छ । फिल्मले राम्रो कलेक्सनलाई निरन्तरता दिए दोस्रो विकेन्डमै ‘रुस्तम’ले १०० करोड क्लबमा इन्ट्री गर्नेछ ।

rustom-1st-tuesday-box-office-collections-1

ऋतिक रोशनको ‘मोहेंजो दारो’संग रिलिज भएको ‘रुस्तम’लाई केहि व्यापारिक धक्का पुगेपनि, फिल्मले जबर्जस्त व्यापार गरेको फिल्मी पण्डितहरुको भनाइ छ । ऋतिकको ‘मोहेंजो दारो’ले चौथो दिन सम्म ४०.९० करोडको ब्यापार गरेको छ ।

यदि ‘रुस्तम’ले १०० करोड क्लबमा प्रवेश गरे यो साल अक्षय कुमारका तिन फिल्म लगातार १०० करोड क्लबमा समाबेश हुनेछन ।

प्रतिक्रिया दिनुहोस्