सामाजिक कार्य गर्दै सालिनदीमा जन्मदिन मनाइन रेखाले



रंग खबर, काठमाडौँ | नेपाली सुपरस्टार नायिका रेखा थापाले आज आफ्नो ३२ जन्मदिन मनाइन । ‘हिरो’ फिल्मबाट नेपाली रजतपटमा पाइला टेकेकी रेखाले यो जन्मदिन भने फरक तरिकाले मनाइन ।

rekha birthday 1

केहि संचारकर्मी र फिल्मकर्मीका साथ सालिनदीमा आफ्नो ३२ औ केक काटिन । सालिनदी मन्दिरमा पुजाआजा गरेर केक काटेर पहिला आमा सरस्वती थापालाई केक खुवाइन । नेपाली फिल्मको क्षेत्रको खम्बाको रुपमा रहेकी रेखाले जन्मदिनको अवसर पारेर तीन जना दृष्टिबिहिनलाई नगद २५ हजार पनि सहयोग गरिन । जन्मदिन कार्यक्रममा केहि दिन अगाडी सालिनदी मन्दिरमा आफुले ४ लाख खर्चेर रंगरोगन गरेको बताइन ।

rekha birthday3

नेपाली फिल्म क्षेत्रकि एकमात्र स्टारडम भएकी रेखाले थुप्रै हिट फिल्म दिएकी छिन । रेखा नेपाली फिल्ममा सबैभन्दा लामो समय राज गर्ने अभिनेत्री हुन् । रेखा थापाको पछिल्नो पटक ‘रामप्यारी’ प्रदर्शनमा आएर हिट भएको थियो । रेखा थापालाई रंग खबरको तर्फबाट जन्मदिनको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्