दर्शक बटुल्दै ‘शकुन्तला’ | हेर्नुस कस्तो रह्यो त ‘शकुन्तला’को विकेन्डको ब्यापार



रंग खबर, काठमाडौँ | अभिनेता राजेश हमाल नारी अवतारमा प्रस्तुत भएको फिल्म ‘शकुन्तला’ ले शनिबार देशब्यापी राम्रो ब्यापार गर्न सफल भएको खबर प्राप्त भएको छ । बिहिबार सामान्य रहेको कलेक्सन शुक्रबार र शनिबार उच्च देखिएको निर्माण युनिटको दाबी छ। ‘शनिबार अलनेपाल फिल्मको औसत ८० प्रतिशतको अकुपेन्सी थियो,’ निर्देशक दिनेश श्रेष्ठले दाबी गरे ।

asta narayan

             अस्टनारायण हल बालाजु, बाइपास 

निर्माण युनिटले सोचे अनुसारको दर्शक राजेश हमालको नारी रुपलाई हेर्न हल सम्म आएको बताए  । भोलि फिल्मको ३ दिने ग्रस कलेक्सन सार्वजनिक गरिने भन्दै निर्देशक श्रेष्ठले रंग खबरसंग खुसि व्यक्त गरे ।

shakuntala in gopi

           गोपीकृष्ण हल, चावहिल

‘शकुन्तला’ मोफसलमा बिहिबारनै रिलिज भएको थियो भने उपत्यकामा शुक्रबार रिलिज भएको हो । फिल्ममा राजेश हमाल, किशोर खतिवडा, स्मृति श्रेष्ठ र अनु शाहको मुख्य भूमिका रहेको छ | फिल्ममा लगानी महेश्वर खत्रीले गरेका हुन् ।

shakuntala accupency

 

                                                      दमक 

 

प्रतिक्रिया दिनुहोस्