८९औ ओस्कार अवार्डका लागि नेपाली तीन फिल्मको प्रतिस्पर्धा



रंग खबर, काठमाडौँ | ८९ औ संस्करणको ओस्कार अवार्डका लागि तीन नेपाली फिल्मले प्रतिस्पर्धा गर्ने भएका छन् । ओस्कारको बिदेशी भाषी फिल्मको लागि नेपालबाट एउटा फिल्मले प्रतिनिधित्व गर्नेछ । आगामी साता ‘पशुपति प्रसाद’, ‘कालो पोथी’ र ‘को आफ्नो’ मध्यबाट एक फिल्मलाई छनोट गरिनेछ ।

Oscar-award

‘कालो पोथी’ विभिन्न फिल्म फेस्टिभल अवार्ड जित्न सफल भएको थियो भने, क्रिटिक्सबाट पनि तारिफ बटुलेको थियो । त्यस्तै ‘पशुपति प्रसाद’ गत बर्षको व्यापारिक हिट फिल्म संगै सबैले रुचाइएको फिल्म हो । त्यस्तै ‘को आफ्नो’ व्यापारिक रुपमा असफल भएपनि समिक्षकबाट राम्रो तारिफ बटुलेको फिल्म हो ।

गत संस्करणको बिदेशी भाषी फिल्मको अवार्ड हंगेरीको ‘सन अफ सौल’ले जितेको थियो । अवार्डको उत्कृष्ट पाँच मनोनयन आगामी बर्षको जनवरी २४ मा सार्वजनिक गरिनेछ भने अवार्ड सम्पन्न फेब्रुअरी २६ मा अमेरिकामा सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्