फ्राइडे रिलिजमा नेपाली तीन फिल्म, हेर्नुस छानीछानी



रंग खबर, काठमाडौँ | यो साता नेपाली फिल्म हलमा तीन फ्रेस फिल्म रिलिज भएका छन् । ‘ब्रासलेट’, ‘लालजोडी’ र ‘वृन्दावन’ यो साताका फ्रेस प्रतिस्पर्धी हुन् । ‘वृन्दावन’ एक्सन, ‘लालजोडी’ कमेडी र ‘ब्रासलेट’ थ्रिलर फिल्म हो ।

लालजोडी: संचारकर्मी लक्ष्मण सुवेदी निर्देशित ‘लालजोडी’मा सानोपर्दाका कलाकारको वर्चश्व रहेको छ । ज्योति काफ्ले, रजनी केसी, आयुष्मा कार्की, बुद्दी तामाङ, पुरन थापा लगाएतको अभिनय रहेको छ ।

13938375_527766920767379_7337073996550142722_n

ब्रासलेट: निर्मल शर्मा निर्देशित फिल्ममा केशव भट्टराइको लगानी रहेको छ । रमेश उप्रेतीको कमब्याक रहेको फिल्ममा रजनी केसीको मुख्य अभिनय रहेको छ । फिल्ममा द्वन्द हिमाल केसीको रहेको छ ।

braa s

 

 

वृन्दावन: शिल्पा पोखरेल र बाँदरको मुख्य भूमिका रहेको फिल्ममा किशोर खतिवडाको पनि अभिनय हेर्न सकिन्छ । फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । ‘वृन्दावन’मा लगानी रुद्र खनालले गरेका छन् ।

14212176_520966644766670_7112093768160927333_n

तेस्रो सातामा ‘वीर विक्रम’: मिलन चाम्स निर्देशित ‘वीर विक्रम’ बिहिबारदेखि तेस्रो सातामा प्रवेश गरेको छ । निर्माता मिलन चाम्सका अनुसार दुई सातामा देशभरि बाट २ करोडको ग्रस ब्यापार गरेको दावी गरेका छन् । फिल्ममा अभिनेता दयाहाङ, अर्पण थापा, नाजिर हुसेन, अनुपबिक्रम शाही र दिया पुनको मुख्य भूमिका रहेको छ ।

बलिउडको ‘अकिरा’ पनि: यो साता नेपाली फिल्म घरमा सोनाक्षि सिन्हा मुख्य भूमिकामा रहेको ‘अकिरा’ पनि प्रदर्शनमा आएको छ । ‘अकिरा’ एक्सन ड्रामा फिल्म हो ।

प्रतिक्रिया दिनुहोस्