किड्नी बेच्ने गाउँ ‘होक्से’को कथामा आर्यन र नम्रताको सर्ट फिल्म (भिडियो)



रंग खबर, काठमाडौँ | फिचर फिल्ममा रुचाइएको आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी सर्ट फिल्ममा पनि बाधिएको छ । पैसाको लागि किड्नी बेच्ने गाउँको सत्य कथामा आर्यन र नम्रता र प्रेम वानियाँले अभिनय गरेका छन् ।

hokse rangakhabar.com

प्रसन्न पौडेलले निर्देशन गरेको फिल्मको कथा विम्ब अधिकारीले लेखेका हुन् । क्रिस रिजाल निर्माता रहेको फिल्मका पोस्टर शान थापाले तयार पारेका हुन् । विदुर पाण्डेको छायांकन रहेको सर्ट फिल्ममा प्रकाश तुलाधरको सम्पादन रहेको छ ।

Watch Here ‘HOKSE’ short movie:-

प्रतिक्रिया दिनुहोस्