नेपालबाट ‘कालो पोथी’ ओस्कार अवार्डका लागि छनोट



रंग खबर, काठमाडौँ | मिनबहादुर भाम निर्देशित ‘कालो पोथी’ ओस्कारका लागि छनोट भएको छ ।  अब ‘कालो पोथी’ले ओस्कारमा बिदेशी भाषी फिल्मको लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछ । ‘कालो पोथी’लाई समिक्षकले अत्यधिक रुचाएका थिए ।

kalopothi_20x10_wide_poster_1

नेपालस्थित बिदेशी भाषी छनोट समितिले फिल्मलाई ओस्कारका लागि विश्वास गरेको हो ।  विदेशी भाषी फिल्मको लागि नेपालबाट ‘पशुपति प्रसाद’, ‘कालो पोथी’ र ‘को आफ्नो दर्ता भएका थिए ।  फेब्रुअरी २६ मा अमेरिकामा हुने ८९ औं संस्करणको ओस्कारको उत्कृष्ट पाँचको मनोनयन जनवरी १७ सार्वजनिक हुनेछ ।  अघिल्नो संस्करणको विदेशी भाषी फिल्मको अवार्ड हंगेरीको ‘सन अफ सौल’ले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्