फ्राइडे रिलिजमा कमेडी कलाकारको ‘छक्का पन्जा’



रंग खबर, काठमाडौँ | यो साता कमेडी कलाकारको वर्चश्व रहेको फिल्म ‘छक्का पन्जा’ प्रदर्शनमा आएको छ । दिपाश्री निरौला निर्देशकीय डेब्यु फिल्म ८० देखि ८५ हलहरुमा रिलिज भएको फिल्मकी निर्देशकले बताइन ।

chhakka-Panja-Trailer

यो सालको ब्यग्र प्रतिक्षा गरिएको फिल्ममा प्रियंका कार्की, दिपकराज गिरि, शिवहरी पौडेल, जितु नेपाल, बुद्दी तामाङ, नम्रता सापकोटा, वर्षा राउत, केदार घिमिरे लगाएतका कलाकारको अभिनय रहेको छ । मौलिक कथाबस्तुमा निर्माण गरिएको भनिएको फिल्म कमेडी फिल्म हो । नेपाली फिल्मी ब्यापार घाटामा गैरहेको यो समयमा ‘छक्का पन्जा’ माथि फिल्म उधोगनै आशावादी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्