४९ बर्ष लागेका अक्षय कुमारलाई क-कस्ले दिए त शुभ-कामना | थाहा पाउनुस अक्षयका केहि कुरा



रंग खबर, काठमाडौँ | बलिउड अभिनेता अक्षय कुमार शुक्रबारबाट अर्थात यहि सेप्टेम्बर ९ बाट ४९ औं बर्षमा पाइला टेकेका छन् । खेलाडी कुमारको नाउँले पनि परिचित अक्षय कुमारले बलिउडमा २ दशक बिताइसकेका छन् ।

Akshay-birthday

आफ्नो अभिनय क्षमताबाट दर्शक र क्रिटिक्सको मन जित्न सफल अक्षय आजकै दिन सन् १९६७ मा पंजावको अम्रितासारमा जन्मिएका  थिए । अक्षयलाई बलिउडका अमिताभ बच्चन, अनुपम खेर, फरहान अख्तर, अर्जून रामपाल, अभिषेक बच्चन, रितेश देशमुख, राहुल धोलाकिया, श्रुति हसन, साजिद खान, मनिष पल, मिका सिंह लगाएतका बलिउड हस्तीले जन्मदिनको शुभ-कामना दिएका छन् ।

Akshay-Kumar-in-Singh-is-Kinng-Sardar

सन् १९९१ मा फिल्म ‘सुगन्ध’बाट बलिउडमा इन्ट्री मारेका अक्षयले दुई दशकको अवधिमा १०९ फिल्म दर्शकमाझ ल्याइसकेका छन् । अक्षयको इन्ट्री झुर भएको थियो । पहिलो फिल्म ‘सुगन्ध’ बक्स अफिसमा नराम्ररी असफल भएपछी अक्षयका लगातार अरु ९ फिल्म असफल भए । हिट फिल्म दिनलाई १० फ्लप फिल्म दिएका अक्षयका त्यसपछिका लगातार १० फिल्म हिट भए । फिल्म क्षेत्रमा अक्षयको करियर उतारचढाउका बीच अघि बढ्यो । अघिल्ला केहि बर्ष खासै सफल फिल्म दिन नसकेका अक्षयको यो साल तिन फिल्म सफल भए ।

Akshay-with-wife-Twinkle-Khannason-Aarav-Bhatia-daughter-Nitara-Khanna-Bhatia

 

अक्षयले बलिउड सुपरस्टार राजेश खन्नाकी छोरी ट्वीन्कल खन्नालाई आफ्नो जीवन साथी चुनेका थिए । अहिले अक्षयका एक छोरा आरभ र छोरी नितारा रहेका छन् । अक्षय र ट्वीन्कलको जोडी बलिउडमा उदाहरणीय जोडी हो । ट्वीन्कलले अक्षयलाई जन्मदिन सुभ-कामना दिदै ट्वीटरमा यस्तो पोस्ट गरेकी छिन ।

अक्षय्

 

प्रतिक्रिया दिनुहोस्