एक्टर बन्नलाई के के सम्म गरेनन कामेश्वरले ? (हेर्नुस भिडियोवार्ता)



रंग खबर, काठमाडौँ | फिल्म ‘रेशम फिलिली’बाट चर्चामा आएका कलाकार हुन् कामेश्वर चौरसिया | फिल्ममा उनले गरेको ‘हरिया’को भूमिकाबाट धेरैको मन जित्न सफल भए । कामेश्वरको डेब्यु फिल्म ‘छड्के’ भएता पनि उनले स-साना रोलमा ‘लूट’, ‘उमा’ र ‘हाइवे’मा पनि देखिएका थिए ।

kameswar chaurasiyaa rangakhabar.com

फिल्म ‘रेशम फिलिली’मा उनले गरेको भूमिकाको बारेमा केहि व्यक्तिबाट आलोचनात्मक चर्चा पनि पाएका कामेश्वरले त्यस्तो खालको भूमिका गर्नुको कारण वाध्यता रहेको खुलाए । हिरो बन्न निक्कै संघर्ष गरेका कामेश्वर फिल्ममा लामो समय टिक्नकै लागि कामेश्वरले बाख्रा संगको सम्भोग गरेको सिन दिन तयार भएको बताए । उनले फिल्म खेल्नु अघि कार पुछ्ने, मार्केटिङ गर्ने काम पनि गरे ।

kameswar chaurasiya rangakhabar.com

कामेश्वरको अहिले ‘पलास’ फिल्म प्रदर्शनको तयारीमा रहेको छ, भने कामेश्वर ब्लकबस्टर फिल्म ‘लूट’को सिक्वेलको छायांकनमा ब्यस्त छन् । कामेश्वर संग रंगखबरले गरेको रंगवार्ता हेर्नुस ।

हेर्नुस कामेश्वरसंगको रंगवार्ता:-

प्रतिक्रिया दिनुहोस्