छैटौं पटक प्रियंका र दयाहाङ जोडी बाँध्दै | घोषणा भयो मिलन चाम्सको ‘ह्याप्पी डेज’



रंग खबर, काठमाडौँ | दयाहाङ राई र प्रियंका कार्कीले छैटौं पटक पर्दामा जोडी बाँध्ने भएका छन् । राजधानीमा मिलन चाम्सले निर्देशन गर्ने ‘ह्याप्पी डेज’को घोषणा भैरहदा यी दुईको जोडी छैटौं पटक फिल्ममा देखिने पक्का भएको हो ।

happy days 3

यो भन्दा पहिले दया र प्रियंका अभिनित ‘झोले’, ‘फन्को’ र ‘हाउ फन्नी’ रिलिज भैसकेका छन्, त्यस्तै ‘पुरानो डुंगा’ र ‘लाल्टिन’ प्रदर्शनको तयारीमा छन् । युकेका बिभिन्न ठाउँमा छायांकन गरिने फिल्ममा ‘सफर’ डेब्यु अभिनेता संजय गुप्ताको पनि मुख्य भूमिका रहनेछ ।

happy days

१ करोड ७० लाख बजेट निर्धारण गरिएको फिल्ममा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी र अशोक बंशलको लगानी रहनेछ । ताराप्रकाश लिम्बुको संगीत रहने ‘ह्याप्पी डेज’का गीत दिनेश राउत र नरेश भट्टराईले लेखेका हुन् ।

happy days 2

२०१७ को अप्रिलमा प्रर्दर्शन गरिने लक्ष्यका साथ फिल्मको छायांकन गरिने छ । याम थापाको पटकथा लेखन रहेको ‘ह्याप्पी डेज’लाई सोसल कमेडी ड्रामा भनिएको छ ।

happy days 4

 

priyanka in happy days

प्रतिक्रिया दिनुहोस्