फ्यानहरुसँग माफि माग्दै अन्जु पन्तले भनिन् ‘मिडियामा छाउन नपाउँदा दुःख लागेको छ’ (भिडियो)



रंग खबर, काठमाडौँ ।  नेपाली गीत संगीतमा चर्चित र लोकप्रिय नाम हो ‘अन्जु पन्त’ ।  केहि बर्ष अघि सम्म निक्कै मिडियामा छाउने अन्जु पन्त आजभोलि त्यति मिडियामा आउन मान्दिनन् ।  उनी प्रायः कन्ट्रोभर्सीमा परिरहने गायिका पनि हुन् ।

anju panta

पछिल्लो समय गीत संगीतमै सक्रिय रहेपनि पहिला जति मिडियामा अन्जु पन्तलाई देख्न पाइदैन ।  तर हिजो सम्पन्न एनएफडिसी अवार्ड समारोहमा पुगेकी अन्जु पन्तको रंग खबर संग जम्का भेट भयो ।  जम्काभेटमा कुरा गर्दै आजकल मिडियामा त्यति छाउन नपाएकोले दर्शक र मिडियालाई क्षमा गरिदिनुहुन् आग्रह गरिन ।

करिब १५ मिनेटसम्म चलेको भलाकुसारीमा अन्जुले फिल्म ‘वडा नम्बर ६’को ‘सुर्के थैली’ र ‘प्रेमगीत’को ‘म यस्तो गीत गाउछु’ गीत गाउन समेत भ्याइन ।  सामाजिक संजालमा आफु प्रति गलत सुचना फैलाउने र फोटोहरुको दुरपयोग गर्नेप्रति पनि दुख ब्यक्त गरिन ।

हेर्नुस अन्जु पन्त संगको रंग खबर जम्काभेट:- 

 

प्रतिक्रिया दिनुहोस्