शुक्रबारे रिलिजमा झुम्की, प्रिमिएरमा मिलेको थियो यस्तो प्रतिक्रिया (फोटो फिचर)



रंग खबर, काठमाडौँ । निर्माता अपिल बिष्टले निर्देशन गरेको पहिलो फिल्म ‘झुम्की’ आजबाट देशभर प्रदर्शनमा आएको छ । यसअघि ‘दासढुंगा’ र ‘ऋतु’ निर्माण गरेका अपिलको पहिले निर्देशकीय प्रस्तुतिलाई प्रिमिएरमा मिस्रित प्रतिक्रिया मिलेको थियो । फिल्ममा कलाकारको अभिनय प्रसश्नीय रहेको छ ।

jhumki premier

फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ, मनोज आरसी, मलिना जोशी, प्रमोद अग्रहरी लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ । प्रिमिएरमा फिल्मकी मुख्य पात्र रिश्मा गुरुङ अनुस्पस्थित थिइन् । फिल्मकर्मीको राम्रै उपस्थिति रहेको प्रिमिएरमा निर्देशक निश्चल बस्नेत, अभिनेता दयाहाङ राई, लेखक रामबाबु गुरुङ लगाएतका फिल्मकर्मी पत्नी सहित प्रिमिएरमा सहभागी थिए ।

jhumki premier 2

 

अपिल बिष्ट फिल्मस र सिनेमा आर्टले बनाएको ‘झुम्की’मा छायांकन शैलेन्द्र डि कार्की रहेको छ, भने द्धन्द्ध निर्देशन अष्ट महर्जनले गरेका छन् । फिल्ममा संगीत कालीप्रसाद बास्कोटा र हेमन्त रानाको रहेको छ ।

jhumki premier 4

प्रतिक्रिया दिनुहोस्