सौगात, बिपिन, कामेश्वर र मेनुकालाई लिएर घोषणा भयो ‘लालपुर्जा’



रंग खबर, काठमाडौँ । सौगात मल्ल, मेनुका प्रधान,कामेश्वर चौरसिया, बिपिन कार्की लगाएतका कलाकारलाई लिएर नयाँ फिल्म ‘लालपुर्जा’ घोषणा भएको छ । पछिल्लो समय अभिनयबाट तारिफ बटुलेका यी कलाकारलाई लिएर फिल्म बनाउने जमर्को निर्माता माधव वाग्लेले गरेका हुन् ।

laal purja 2

निगम श्रेष्ठले निर्देशन गर्ने फिल्मको घोषणा समारोहमा फिल्मका मुख्य दुई अभिनेता सौगात मल्ल र कामेश्वर चौरसियाले मीत लगाएर फिल्मको शुभारम्भ गरे, जुन हेर्न लायकको थियो ।

laal purja 3

 

लमजुङको एक गाउँमा फिल्मको छायांकन गरिने हुदा,त्यहाँ अहिले पनि मित प्रथाको चलन रहेकोले फिल्ममा मितको मित्रतालाई देखाइन लागेको हो । दुई मितको जग्गा सम्बन्धी कारोवारोलाई फिल्मको मुख्य कथाबस्तु बनाइएको छ ।

laal purja

असोज १० बाट छायांकनमा उत्रिने ‘लालपुर्जा’लाई प्रिन्सेज मुभिज, नेगेटिभ वुद्ध र टेकेन खड्का प्रोडक्शनको व्यानरमा बनाउने भनिएको छ । फिल्ममा नव-अभिनेत्री मिरुना मगरसंगै हरिहर शर्मा, कमलमणि नेपाल र अनिल पाण्डेको पनि अभिनय रहनेछ ।

नरेन्द्र मैनालीले खिच्ने फिल्मको कथा विक्रम सिंह र निर्देशक निगमको हो भने पटकथा सुदिप बिडारीको छ ।

laal purja 4

 

प्रतिक्रिया दिनुहोस्