कभर डान्सको प्रतिस्पर्धाको लागी सार्वजनिक गरियो ‘जालो’को लिरिकल गीत (भिडियो)



रंग खबर, काठमाडौँ | विश्व रेकर्ड राख्ने लक्ष्यका लागी बन्न लागेका दुई फिल्म ‘जालो’ र ‘जालो रिटर्नस’ मध्यको ‘जालो’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।मोहित मुनाल र सुनिता थेगिमको स्वरमा रहेको ‘बाउ बाजेको पालाको’ बोलको गीत सार्वजनिक गर्दै निर्माण युनिटले कभर डान्स भिडियो प्रतियोगीताको लागि आव्हान गरेको छ ।

jaalo nepali movie song

कभर डान्सको लागि इच्छुकले यो गीतको लागी कभर डान्स बनाएर युट्युवमा अपलोड गरेर प्रतियोगीतामा भाग लिन सक्नेछन । र प्रतियोगीतामा प्रथम र दोस्रो प्रतियोगीले ‘जालो’ र ‘जालो’ रिटर्नस’मा कोरियोग्राफीका साथै अभिनय गर्न पाउने छन् ।

एकै सटमा दुई फिल्म खिचेर विश्व रेकर्ड राख्ने लक्ष्य बोकेका यी दुई फिल्ममा अनुपबिक्रम शाही, मेनुका प्रधान, रेमनदास श्रेष्ठ, असिफ शाह, रविन्द्र खड्का, मुक्तराम आचार्य, प्रकाश श्रेष्ठ, भिष्म जोशी, भानु प्रताप, लक्ष्मी बर्देवा लागएतका कलाकारको अभिनय रहनेछ ।

मोहित मुनालको निर्माण रहने यी दुई फिल्मको बजेट १ करोड माथि बताइएको छ । अराज केशवको निर्देशनमा बन्ने यी फिल्मलाई हरि घले लामाले खिच्नेछन् ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्