‘मायाको चिनो’मा तारा प्रकाश र सम्पदाको यस्तो रोमान्स (भिडियो)



रंग खबर, काठमाडौँ | चर्चित संगीतकार तारा प्रकास लिम्बुको संगीत तथा स्वर रहेको मायाको चिनो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्बजनिक भिडियोमा तारा प्रकास आफैले अभिनय समेत गरेका छन् भने उनीसंगै सम्पदा बानियाले समेत अभिनय गरेकी छिन् ।

Capture

अर्जुन अधिकारीको निर्देशनमा बनेको गीतको भिडियो आकर्षक बनेको छ, भिडियोले सम्बन्धको कथा पेश गर्छ । गीतलाई राज पहारीले लेखेका हुन् भने गोपाल रसाईलीले एरेन्ज गरेका हुन् । गीतमा दुई बालकलाकार रियश पुजारी र जेनिसाको पनि अभिनय छ । हरी हुमागाईंले छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।

यो गीत गीतकार पहारीको सत्य घटनामा आधारित रही तयार गरिएको छ । बियोन्ड नामक एल्बममा मायाको चिनो गीत समाबेश गरिएको छ, एल्बममा शिव परियार, प्रमोद खरेल, राजेश पायल राई, सत्यस्वरूप, दिपक लिम्बु  लगायतको समेत आवाज रहेको छ ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्