कथा अनुरुप पार्किङ स्थलमा गरियो ‘सफर’को प्रेसमिट (फोटो फिचर )



रंग खबर, काठमाडौँ | ‘युनाइटेड वर्ल्ड ट्रेड सेन्टरको पार्किङ स्थलमा पत्रकारहरुको भेला थियो । वरिपरी ‘सफर’ फिल्मको पोस्टरले सजिएको थियो । स्टेजमा कालो सडकमा सेतो रेखा हालेर कुनै बिकसित सडकको जस्तो चित्र कोरिएको थियो | जसले गर्दा पत्रकारमा केहि कौतुहलता जागेको थियो । पत्रकार सम्हेलनका लागी निर्माण युनिटले त्यहि पार्किङ स्थलको ठेगानामा पत्रकारलाई बोलाएको थियो ।

safar

प्राय जसो कफी सप, सिनेमा हल र पार्टी प्यालेसमा हुने पत्रकार सम्हेलन पहिलो पटक पार्किङ स्थलमा हुने भए पछी पत्रकारहरुले पनि अनेक थरिका कुरा गरिरहेका थिए, किन यस्तो ठाउँमा प्रेसमिट राखिएको होला ?

निर्धारित समय भन्दा अलि ढिला नै सुरु भएको उक्त प्रेसमिटको सुरुवात जब फिल्मका निर्देशक आशिष श्रेष्ठ र अभिनेता संजय गुप्ता फिल्ममा प्रयोग गरिएको मोडेलको कार चढेर स्टेजको हाइवेमा सरर आए तब पत्रकारका क्यामेराहरु आशिष, संजय र कार तिर तेर्सिए ।

safar 3

यो कथा थियो, फिल्म ‘सफर’को प्रेसमिटको । प्राय हुने प्रेसमिट भन्दा केहि फरक ढङ्गबाट गरिएको प्रेसमिटमा मुख्य अभिनेता संजय र निर्देशक आशिष मात्र देखा पर्दा कार्यक्रम केहि फितलो पनि देखिएको थियो । तर पनि फिल्मका निर्देशक र अभिनेता मिलेर कार्यक्रम रोचक बनाउने प्रयास गरिरहेका थिए । किन पार्किङ स्थलमै प्रेसमिट किन  गरियो ? भन्ने पत्रकारको प्रश्नमा निर्देशकले यस्तो जवाफ दिए, कि फिल्मको कथानै पार्किङ स्थलबाट सुरु भएकोले पार्किङ स्थलबाट नै ‘सफर’ सुरु भएको बताए ।

safar 4

कार्यक्रममा निर्देशक र अभिनेताले आफ्ना नजिकका मित्रहरुलाई स्टेजमा बोलाएर फिल्म र मित्रताको बारेमा बोल्न लगाएका थिए । असोज १४ मा अलनेपाल प्रदर्शन हुने फिल्मका अन्य कलाकार मानन सापकोटा, शिविर पोखरेल र नुर्जा श्रेष्ठ भने नेपाल बाहिर रहेका कारण प्रेसमिटमा उपस्थित थिएनन ।

सबै छायांकन अमेरिकामा भएको युवा पुस्ता लक्षित् ‘सफर’को कथा तिन जना बेस्ट फ्रेन्डको यात्रा र मित्रताको बिषयमा रहेको छ ।

safar 2

प्रतिक्रिया दिनुहोस्