केकी अधिकारीको योगेन्द्रसँग ‘पर्दाफास भो’ (हेर्नुस् भिडियो)



रंग खबर. काठमाडौँ | गायक श्याम सामसोङ राईको तेस्रो एल्बम ‘मुर्चुंगा २’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच कबि तथा बरिष्ठ गीतकार भुपाल राईले एल्बम सार्वजनिक गरे ।

IMG_0607

एल्बममा समाबेश ‘पर्दाफास भो’ बोलको भिडियो पनि सार्वजनिक गरिएको छ । जहाँ केकी अधिकारी र योगेन्द्र राईले अभिनय गरेका छन् । बिक्रम राईको शब्द संगीत रहेको गीतमा क्यामेरा अजुन तिवारीको टिमले खिचेको छ | गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतलाई बिज्ञान राईले निर्देशन र सम्पादन गरेका हुन् ।

गायक श्याम सामसोङ राई बिगत लामो समयदेखि गीत संगीत साधनामा लिप्त छन् । उनको घुम्टो खोल मुस्कुराउ बोलको पहिलो गीत२०५७ सालमा साउण्ड लिंक स्टुडियोमा रेकर्ड भएको थियो ।

fhhjhsfd

तर, उनको एकल एल्बम मुर्चुङगा २०६४ सालमा मात्र सार्वजनिक भएको थियो जसको टाइटल ट्रयाक ‘मुर्चुङगामा रोए म सारंगीमा रेटिए’ बोलको गीत दर्शक/श्रोताबाट धेरै रुचाइएको थियो । त्यसको ३ बर्ष पछि उनको दोस्रो एकल एल्बम साइमा सार्बजनिक भएको थियो । ‘मुर्चुंगा’ एलबम निस्केको ठीक ९ बर्ष पछि त्यसैको निरन्तरताको रुपमा आफनो तेस्रो सिर्जना ‘मुर्चुगा २’ नामक गीति एलबम लिएर एक पटक फेरी दर्शक श्रोता सामु आएका छन् गायक श्याम । यस बाहेक उनले राई बान्तवा भाषामा पारुहाङ निन् सुम्निमा र साकेन्वा मुन्दुम नामक २ वटा गीति एलबम पनि निकालेका छन् ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्