प्रेमध्वजको गीतमा देखियो विकाश र विनिताको प्रेम (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ । पुराना गायक प्रेमध्वज प्रधानको स्वरमा सजिएको ‘ती आखाँमा को छ’ बोलको गीत सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच आफुले गाएको गीतको भिडियो सार्वजनिक गर्दै आठ दशक पार गरिसकेका प्रेमध्वजले करिब एक दशकको अन्तरालमा गायन फर्किएका हुन् । गीतमा प्रेमध्वजसंग गायिका केंजुमा सुब्बाले स्वर साटेकी छिन ।

prem dhwaj

गीतको भिडियोमा संचारकर्मी विकाश लामिछाने र विनिता ओलीले अभिनय गरेका छन् । मोहनराज अधिकारीले निर्देशन गरेको भिडियो अमृत सुनुवारले खिचेका हुन् । जुगल डंगोलको संगीतमा निर्मित गीतमा डब्बु क्षेत्रीका शब्दहरु रहेका छन् ।

bikash binita 6

 

पाका गायक प्रेमध्वजले नयाँ युवापुस्ता संग गीत गाउदा राम्रो लागेको बताएका थिए । आउदा दिनमा राम्रा गीतको अफर आए अवश्य पनि अन्य गीत गाउने बताउदै आफ्नो यो गीत प्रति आशावादी देखिए । सार्वजनिक गीतको भिडियोलाई माधव वेलवासेले सम्पादन गरेका हुन् ।

Watch Here Song:-

 

प्रतिक्रिया दिनुहोस्