सुमनको ‘चर्खा’मा किरणको पाँच युवतीसंग प्रेम (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | इन्जिनियर समेत रहेका धराने गायक सुमन श्रेष्ठले ‘धागो चर्खा’को बोलको गीत सार्वजनिक गरेका छन् । आफ्नो करियरको चौथों एल्बम ‘चर्खा’मा समाबेश टाइटल गीत रमाइलो रहेको छ । छोराछोरी आफ्ना राम्रा भएपनि स्वास्नी अर्काको राम्रो हुने भन्दै ठट्यौली शैलीमा गीत तयार पारिएको छ ।

suman shrestha

ठेट नेपाली टुक्काहरुलाई जोडेर बनाएको गीतमा सुमनलाई गायिका अन्जु पन्तले स्वरमा साथ दिएकी छिन । केदार धिताल निर्देशित गीतको भिडियोमा किरण लाकौल, पुजना प्रधान, श्रेया कार्की, अमृता शाही ठकुरी, रचना लामा, निशा बोहरा र करिश्माले अभिनय गरेका छन् ।

suman shrestha २

गायक सुमन श्रेष्ठको ३१औ जन्मदीनको अवसरमा आयोजित उक्त एल्बम लन्च कार्यक्रममा कलाकर्मीको उल्लेख्य सहभागिता थियो | गीतमा वेद प्रसादको शब्द, सुर्य किरण लामाको संगीत छ । निशान घिमिरेले सम्पादन गरेको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् ।

14454688_522382367958570_538644690_n

गीत सार्वजनिक संगीतकार तथा गीतकार दीपक जंगमले गरेका थिए । कार्यक्रममा बोल्दै गायक सुमन श्रेष्ठले इन्जिनियरिङ पेशामा लागेपनि आफ्ना लागि गीतसंगीत प्यासन भएको बताए ।

भिडियो हेर्नुहोस्:

 

प्रतिक्रिया दिनुहोस्