फ्राइडे रिलिजमा अमेरिकामा खिचिएको ‘सफर’संग ‘सत्यदीप'(भिडियो)



रंग खबर, काठमाडौँ | यो साता नेपाली दुई फिल्म प्रदर्शनमा आएका छन् । आशिष श्रेष्ठ निर्देशित ‘सफर’ र विनयराम श्रेष्ठ निर्देशित ‘सत्यदीप’ यो साताका फ्रेस फिल्म हुन् ।

सफर: पुरै फिल्म अमेरिकामा खिचिएको ‘सफर’ले तिन जना साथीहरुको यात्राको कथा भन्छ । अहिले बनिरहेका फिल्म भन्दा बाहिर रहेर दर्शकलाई फरक टेस्ट दिने कोशिस निर्देशक आशिष श्रेष्ठले गरेका छन् । संजय गुप्ता, मनन सापकोटा, शिविर पोखरेल र नुर्जा श्रेष्ठ फिल्मका मुख्य कलाकार हुन् । युवा पुस्ता केन्द्रित फिल्मलाई केशब खड्काले लेखेका हुन् । बिहिबारको प्रिमिएरमा ‘सफर’ले मिस्रित प्रतिक्रिया पाएको थियो ।

safar-in

सत्यदीप:  एसबिआर फिल्मस् को प्रस्तुतीमा बनेको सत्यदिप फिल्मलाई प्रियंका श्रेष्ठ र प्रास्मा श्रेष्ठले बनाएका हुन् । विनयराम श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा जोनी सिंह रानाजी, सविना केसी, श्याम केसी, सिमोन दाहाल, जीवन गिरी, रवि गिरी लगायत अभिनयमा छन् ।
फिल्म ‘सफर’को बारेमा आखिर के भन्छन त फिल्मका निर्देशक आशिष श्रेष्ठ हेर्नुस यो भिडियो:

प्रतिक्रिया दिनुहोस्