‘राधा’ ट्रेलरमा यस्तो देखियो जीवन र संचिताको केमेस्ट्री (भिडियो)



रंग खबर, काठमाडौँ । जीवन लुइँटेल र संचिता लुइँटेल पहिलो पटक रोमान्स गरेको फिल्म ‘राधा’को ट्रेलर रिलिज गरिएको छ । कार्तिक १२ को प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले पब्लिसिटीलाई जोड दिन थालेको छ ।

IMG_2618

राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको पूर्व रिलिज तीन गीत र ट्रेलर देखाइयो । कमर्सियल ट्रेलरमा माया, रोमान्स, द्वन्द र पिडाका कुरा ब्यक्त गरिएका छन् । फिल्ममा पहिलो पटक यी लुइँटेल स्टारले जोडी बाँधेका हुन् ।

hddld

योगेश घिमिरे निर्देशित फिल्मका गीतले चर्चा पाइसकेका छन् । फिल्मको बारेमा बोल्दै अभिनेत्री संचिता लुइँटेलले आफ्नो मोटोपनको बारेमा नकारात्मक नभैदीन आगह गरिन । फिल्मका सार्वजनिक गीतलाई नै हेरेर आफ्नो प्रस्तुतिको बारेमा जथाभावी बोल्नु भन्दा पनि फिल्म हेरेर कमेन्ट गर्न भनिन । फिल्मको कथाको माग अनुसार आफु मोटाएको संचिताले बताइन ।

hdd

त्यस्तै फिल्मका मुख्य कलाकार जीवन लुइँटेल पनि आफ्नो पछिल्लो समयमा भएको फिल्मप्रतिको सक्रियतालाई नकारात्मक नसोच्न आग्रह गरे । जीवन लुइँटेल हराएको कुरालाई खण्डन गर्दै अब आफु चुजी भएको बताउने जीवनले बर्षमा २-३ वटा मात्र फिल्म गर्ने बताए । जीवन फिल्म नपाएर भन्दा पनि राम्रा फिल्म मात्र छानेर खेल्दा दर्शक माझ सक्रियता कम भएको बताए ।

kskfdf

Watch Here Trailer:-

प्रतिक्रिया दिनुहोस्