मेलिना र निशालाई लिएर हसनले गरे ‘रोमियो’ घोषणा



रंग खबर, काठमाण्डौं । अभिनेता हसनराजा खानले फिल्म ‘रोमियो’को औपचारिक घोषणा गरेका छन् । विहिबार राजधानीमा एक कार्यक्रमविच फिल्म आउँदो सातादेखि फ्लोरमा जाने जानकारी दिइयो ।

यसअघि फिल्म ‘अलविदा’ बनाएका हसनले ‘रोमियो’को निर्देशन जिम्मेवारी शंकर कार्कीलाई सुम्पेका छन् । उनको यो डेब्यु निर्देशकिय फिल्म हुनेछ । सुरेश न्यौपाने, सुवास सुवेदी र रामकुमार श्रेष्ठले निर्देशनमा उनलाई सघाउनेछन् ।
aफिल्ममा हसनले ‘रोमियो’को भुमिका निर्वाह गर्नेछन् । मेलिना मानन्धर, निशा अधिकारी, भानुप्रताप ढकाल, ओसिमा बनु, विपेन गुरुङ, विकास खतिवडा आदि कलाकारको फिल्ममा अभिनय रहनेछ । फिल्ममा रामेश्वर कार्कीको छायांकन, किरण घिमिरे ‘माइकल’को लेखन, सुरेन्द्र पौडेलको सम्पादन, अष्ट महर्जन एक्सन, गम्भिर बिष्ट र विपेन गुरुङको कोरियोग्राफी रहनेछ ।

फिल्म घोषणा कार्यक्रममा अभिनेत्री नीशा अधिकारीले आफूलाई सुहाउँदो भुमिका फिल्ममा रहेको बताइन् । ‘म जस्ती केटीलाई यो चलचित्रको भूमिका नसुहाएँ कसलाई सुहाउँछ,’ प्रेसमिटमा उनको जवाफ थियो । यो फिल्मबाट लामो समयपछि अभिनेत्री मेलिना मानन्धर पर्दामा देखिँदैछिन् । धेरै चलचित्रको अफर अस्विकार गरेपनि यसको कथावस्तु मन परेकाले काम गर्न लागेको उनले बताइन् । उनले छोरी हुर्काउन परेकाले आफू केही समय पर्दाबाट टाढा भएको समेत बताएकी थिइन् ।
b
त्यस्तै फिल्मका प्रमुख पात्र हसनराजाले टिम राम्रो भएकाले पनि चलचित्र दर्शकलाई मनपर्ने बनेर आउने बताए । फिल्म प्रेम कथामा निर्माण हुन लागेको निर्देशक शंकरले जानकारी दिए ।

फिल्मको ‘ल्याङ–ल्याङ’ बोलको गीतको अडियो समेत सार्वजनिक गरिएको छ । ‘यो अडियोको भिडियो बनाउनेमध्ये एकजनाको भिडियोको स्टेपलाई गीतको भिडियोमा समावेश गरिने छ,’ निर्माता समेत रहेका अभिनेता हसनराजले बताए ।

प्रतिक्रिया दिनुहोस्