यस्तो छ ‘कबड्डी’ निर्देशकले बनाएको ‘पुरानो डुङ्गा’को ट्रेलर (भिडियो)



रंग खबर, काठमाण्डौं । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘पुरानो डुङ्गा’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरले पात्रहरुको भुमिकाबारे प्रष्ट पारेको छ ।

फिल्ममा अभिनेता दयाहाङ राईं प्रमुख भुमिकामा छन् । माओत्से गुरुङ, प्रियंका कार्की, मेनुका प्रधान, डिबी गुरुङ, बुद्धि तामाङ आदि कलाकारको पनि फिल्ममा अभिनय रहेको छ । माओत्सेको कथालाई रामबाबु र साहित्यकार उपेन्द्र सुब्बाले पटकथामा ढालेका छन् । कालिप्रसाद बास्कोटाद्धारा स्वर र संगीतबद्ध यो फिल्मको ‘निर जहिल्यै रिसाउने’ बोलको गीत अहिले दर्शकमाझ हिट भइरहेको छ ।

शैलेन्द्र डि कार्कीले खिचेको यो फिल्ममा निमेश श्रेष्ठको सम्पादन र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर रहेको छ । फिल्म मंसिर १० गतेबाट देशव्यापी प्रर्दशनमा आउदैछ ।
हेर्नुस् ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्