‘लुट–२’को आइटम गीत : एलिसासँग निश्चल र दयाहाङको डान्स (भिडियो)



रंग खबर, काठमाण्डौं । सुपरहिट फिल्म ‘लुट’को सिक्वेल ‘लुट–२’को आइटम सङ रिलिज भएको छ । फागुन–१३ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने तयारीमा रहेको यो फिल्मको ‘ठमेल बजार’ बोलको गीतलाई निर्माण युनिटले शनिवार युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।

गीतमा मोडल एलिसा राईले हट नृत्य गरेकी छिन् । फिल्मका निर्देशक निश्चल बस्नेत पनि आइटम गीतमा एलिसासँग नाचेको देख्न सकिन्छ । गीतको भिडियोमा दयाहाङ राईं र विपिन कार्की पनि देखिएका छन् ।  यो गीतमा नेपाली पाश्र्व संगीतमा फरक स्वाद दिएर चर्चा कमाइरहेका कालिप्रसाद बाँस्कोटाको संगीत छ । स्वरमा पनि उनलाई मिना निरौला र भानुभत्त ढकालले साथ दिएका छन् । गीतलाई एकतारे र कालिप्रसादले लेखेका हुन् ।

अधिकांश कलाकार दोहरिएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, ऋचा शर्मा, कर्मा, विपिन कार्की, सुशिलराज पाण्डे आदि कलाकारको अभिनय रहेको छ । माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको फिल्ममा भुकम्प र नाकाबन्दी पछिको अपराधिक घटनाक्रमलाई देखाइने बताइएको छ ।

यसअघि फिल्म ‘लुट’मा पनि ‘उध्रेको चोली’ बोलको आइटम गीत रहेको थियो । सुष्मा कार्कीले नाचेको उक्त गीत निकै हिट भएको छ ।
Watch Song Here :-

 

प्रतिक्रिया दिनुहोस्