यस्तो छ हरिवंश आचार्यले गाएको ‘जात्रा’को गीत (हेर्नुस् भिडियो)



रंग खबर, काठमाण्डौं । वरिष्ठ हास्य अभिनेता हरिवंश आचार्यले फिल्म ‘जात्रा’का लागि गाएको गीत सार्वजनिक भएको छ । कार्तिक २६ गतेबाट देशव्यापी प्रर्दशनको तयारीमा रहेको यस फिल्मको ‘नोट नोट’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा हरिवंशसँगै गायिका शशी रावलको पनि स्वर सुन्न सकिन्छ ।

हरिवंशको शब्दमा रोशन थापाले संगीत भरेको यो गीतमा पैसाको महत्वलाई उजागर गर्न खोजिएको छ । यो फिल्ममा पनि तीन युवाले पैसाका लागि गर्ने संघर्ष देख्न पाइने फिल्मका निर्देशक प्रदिप भट्टराईले बताएका छन् । यो फिल्ममा ‘पशुपतिप्रसाद’मा ‘भष्मे डन’को भुमिका निर्वाह गरेको विपिन कार्की प्रमुख भुमिकामा छन् । रविन्द्र सिंह बानिया, रविन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, कमलमणी नेपाल आदि कलाकारको समेत फिल्ममा अभिनय रहेको छ । निर्देशक भट्टराईकै लेखन रहेको फिल्मलाई दिर्घ गुरुङले छायांकन र मित्र डि गुरुङले सम्पादन गरेका हुन् । फिल्ममा रविन्द्रसिंह बानिया, सागें लामा र यादव पौडेलको लगानी रहेको छ ।

हेर्नुस् हरिवंशले गाएको गीत :

प्रतिक्रिया दिनुहोस्