‘पुरानो डुङ्गा’को ‘माझी’ गीत : देखियो दयाहाङ र माओत्सेको द्धन्द ( भिडियो)



रंग खबर, काठमाण्डौं । रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘पुरानो डुङ्गा’को नयाँ गीत सार्वजनिक भएको छ । ‘निर जैले रिसाउने’ बोलको गीत सर्वाधिक चर्चामा रहेको बेला फिल्म युनिटले ‘माझी’ बोलको नयाँ भिडियो गीत सार्वजनिक गरेको हो ।
majhiयो गीतमा पनि पछिल्लो समय नेपाली पाश्र्व संगीतमा फरक स्वाद दिएर चर्चा कमाइरहेका कालिप्रसाद बाँस्कोटाकै शब्द, संगीत र स्वर छ । अघिल्लो ‘निर जहिल्यै रिसाउने’ पनि उनकै गीत हो । गीतको म्युजिक एरेञ्ज भने रोहित शाक्यले गरेका छन्। गीतको भिडियोमा फिल्मको संवादसमेत देख्न सकिन्छ ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, माओत्से गुरुङ र मेनुका प्रधानलाई देख्न सकिन्छ । माझी दाजुभाईविचको द्धन्द यो फिल्मको कथा रहेको बताइएको छ । डुङ्गा चलाएर जीवन चलाइरहेका दाईको डुङ्गा भाईले लगेपछि उत्पन्न हुने परिस्थिती यो गीतको भिडियोमा समेत देख्न सकिन्छ । फिल्ममा प्रियंका कार्की, डिबी गुरुङ, बुद्धि तामाङ लगायत कलाकारको समेत अभिनय रहेको छ । माओत्से गुरुङको कथालाई निर्देशक गुरुङ र साहित्यकार उपेन्द्र सुब्बाले मिलेर फिल्मको पटकथामा ढालेका हुन् । फिल्म मंसिर १० गतेदेखि सार्वजनिक प्रर्दशनमा आउँदैछ ।

हेर्नुस ‘माझी’ बोलको गीत :

प्रतिक्रिया दिनुहोस्