म्युजिकल लभस्टोरी ‘दर्पण छायाँ २’ को पोस्टर र रिलिज डेट सार्वजनिक



रंग खबर, काठमाडौँ | तुलसी घिमिरेको निर्देशन रहेको पछिल्लो फिल्म ‘दर्पण छायाँ २’को टिजर, पोस्टर र एउटा गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित कार्यक्रमका बीच फिल्मको रिलिज डेट फागुन २७ लाई तोकियो ।

darpan chhayan 2

म्युजिकल लभस्टोरी ‘दर्पण छायाँ २’ ‘दर्पण छायाँ’को सिक्वेल नरहेको भन्दै निर्देशकले पहिले त फिल्मको नाम ‘धुन’ राखेका थियौ । तर पछी सुभ चिन्तकले ‘दर्पण छायाँ २’ राख्न सुझाव दिएपछि पहिलो फिल्मको नाम कपि गरेको कुरा खुलासा गरे ।

darpan chhayan 2 ak

कार्यक्रममा गफिदै तुलसी घिमिरेले आजभोलिका फिल्म मेकरहरु राम्रो रहेको बताए । हाम्रो जमानाका फिल्म मेकरहरु त क्रिकेटमा जस्तै कोहि आउट भए, कोहि रनआउट त कोहि बोल्ड भए । तर म भने नयाँ मेकरसंग प्रतिस्पर्धा गरिरहेको छु भन्दै पुराना फिल्मकर्मीलाई सम्झिए ।

यस्तै कार्यक्रममा बोल्दै फिल्मकी निर्मात्री एवं गीतकार सबु गदालले पुराना फिल्म मेकरले नयाँ ढंगबाट बनाएको फिल्मले नयाँ युवापुस्तालाई समेट्ने बिश्वास व्यक्त गरिन ।

डा. लोपसाङ लामाको प्रस्तुति तथा सबु गडाल कार्की र रबि कार्कीको निर्माण रहेको फिल्ममा पुष्प खड्का, साहारा कार्की र श्रद्धा प्रसाईं, फिरोज तिमिल्सिना, सुमन घिमिरे, जीवन आचार्य, तुफान घले, सरिना पौडेल र रोनी केसीले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्