सत्यकथामा आधारित फिल्म ‘रुट नं. २३’ समिर बलामीले निर्देशन गर्ने



रंग खबर, काठमाडौँ | बालाजु औद्योगिक क्षेत्र अगाडी २०६२ सालमा एउटा माइक्रो बसमा भएको बम बिस्पोटको कथामा फिल्म बन्ने भएको छ । सत्यकथामा बन्ने भनिएको फिल्मलाई संचारकर्मी तथा निर्देशक समिर बलामीले निर्देशन गर्ने भएका छन् ।

dhdj

फागुन १ देखि छायांकनमा उत्रिने फिल्मको घोषणा निर्देशकले आफ्नो जन्मदिनको अवसरमा गरेका हुन् । महेशराज ढकाल, विक्रम श्रेष्ठ र दिपेन्द्र शाक्य निर्माता रहेको ‘रुट नं २३’ लाई आउँदो वर्षको फूलपातीमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।

फिल्ममा अहिले सम्म कलाकारको नाममा सुधिर श्रेष्ठ मात्र फाइनल भएका छन् । अन्य कलाकार पनि छिट्टै फाइनल गर्ने निर्देशक समिर बलामीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्