‘कामना अवार्ड’को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, मङ्सिर १८ मा हुनेछ समारोह



रंग खबर, काठमाडौँ | दोस्रो संस्करणको ‘कामना अवार्ड’ यहि मङ्सिर १८ गते हुने भएको छ । आर्मी अफिसर्स क्लबमा हुने समारोहमा ३२ विधामा अवार्ड वितरण गरिने छ ।

kamana-in

यहाँ अवार्डका केहि विधाको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । उत्कृष्ट फिल्मको मनोनयनमा पशुपति प्रसाद, प्रेमगीत, क्लासिक, नाइँ नभन्नु ल ४, ड्रिम्स मनोनित छन् ।

त्यस्तै अभिनेता तर्फ दयाहाङ राइ, आर्यन सिग्देल, अनमोल केसी, सौगात मल्ल र खगेन्द्र लामिछाने मनोनित छन् भने अभिनेत्री तर्फ नम्रता श्रेष्ठ, पूजा शर्मा,  केकी अधिकारी, शिल्पा पोखरेल र प्रियंका कार्की मनोनयनमा अटाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्