माघेसंक्रान्ति बिदा खान सौगात, निखिल, केकी र वर्षाको लडाई



रंग खबर, काठमाडौँ । माघेसंक्रान्ति अर्थात पौष २९को बिदा खान चार फिल्म भिड्ने भएका छन् । सधै झैँ माघेसंक्रान्तिमा ३-४ फिल्म प्रदर्शन हुने गरेकोमा यो साल पनि माघेसंक्रान्तिको ठुलो भिडन्त हेर्न लाएक हुने भएको छ । पछिल्लो रेकर्डलाई हेर्दा माघेसंक्रान्तिमा रिलिज भएका फिल्मले राम्रै ब्यापार गरेका छन् । त्यसैले पनि फिल्मकर्मी यो मितिमा फिल्म रिलिज गर्न हानथाप नै गर्छन ।

maghe sakranti release

पहिले नै घोषणा गरिएका निखिल उप्रेती स्टारर ‘किङ’, वर्षा सिवाकोटी र सुशील श्रेष्ठ स्टारर ‘कारखाना’, केकी अधिकारी स्टारर ‘लभसासा’ प्रदर्शनमा आउने भनिएका थिए । तर अहिले आएर यो मितिमा सौगात मल्ल स्टारर ‘शब्द’ पनि भिड्न तयार भएको छ ।

यी चार फिल्मको भिडन्तले एक-अर्कालाई असर त अवश्य नै हुनेछ । फिल्म रिलिज घोषणा भएसंगै फिल्म वृतमा कुन फिल्म धेरै चल्छ भन्ने आकलन सुरु भैसकेको छ ।

किङ: निखिल उप्रेती, बेनिशा हमाल र अनुप बिक्रम शाही स्टारर फिल्म बिग बजेटको फिल्म हो । सबिर श्रेष्ठ निर्देशित ‘किङ’ घोषणा भएसंगै चर्चामा आएको फिल्म हो ।

king

कारखाना: युवापुस्ताका उडाउदै गरेका र सम्भावना बोकेका वर्षा सिवाकोटी र सुशील श्रेष्ठ अभिनित ‘कारखाना’ पनि माघेसंक्रान्तिको बिदा खान तम्सिएको छ । फिल्मलाई अमरदीप थापाले निर्देशन गरेका हुन् ।

kaarkhana

लभसासा: केकी अधिकारी र कर्म शाक्य अभिनित लभड्रामालाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा पहिलो पटक कर्म र केकीले अनस्क्रिन रोमान्स गरेका हुन् ।

love sasa

शब्द: अन्तत यो मितिमा रिलिज हुने फिल्म ‘शब्द’ पनि भएको छ । सौगात मल्ल, अनुभव रेग्मी, कमली बाईबा लगाएतका कलाकारले अभिनय गरेका छन् । फिल्मलाई सन्तोष सिवाकोटीले निर्देशन गरेका हुन् ।

shabda

प्रतिक्रिया दिनुहोस्