रजनीकान्तलाई अक्षयको भूमिकाको लोभ| हेर्नुस ‘२.०’को फस्टलुक



रंग खबर, काठमाडौँ | आगामी बर्ष भारतमा तामिल फिल्मको लागि पर्खाईको बर्ष रहेको छ । ‘२.०’ र ‘बाहुबली २’ आगामी बर्ष रिलिज हुने भएपछि  अहिले साउथ एशियानै ब्यग्र प्रतिक्षामा रहेको छ ।

46-1479728689-126482-khaskhabar

यी दुई फिल्मको रिलिजलाई बलिउडले पनि महत्वका साथ हेरेको छ । ‘बाहुबली’ एतिहासिक घटनाक्रमको फिल्म हो भने ‘२.०’ आधुनिक समाजको कथा हो ।

46-1479728606-126479-khaskhabar

 

 

भर्खरै मात्र सार्वजनिक गरिएको ‘२.०’को फस्टलुक पोस्टर अहिले मिडिया गर्माईरहेको छ । फिल्ममा बलिउड अभिनेता अक्षय कुमार र साउथइन्डियन सुपरस्टार रजनीकान्त मुख्य भूमिकामा रहेको छन ।

check-superstar-rajinikanths-stylish-look-2-0-new-poster-1

 

फिल्ममा अक्षय कुमारलाई खलनायकको भूमिकामा देख्न पाइन्छ । पोस्टर लन्च कार्यक्रममा रजनीकान्तले अक्षय कुमारको भूमिका आफुलाई मन परेको, र यदि पाएको खण्ड अवश्यपनि उक्त भूमिका निर्वाह गर्ने मन भएको कुरा बताएका छन् । रजनीकान्त फिल्मको खास हिरो अक्षय कुमारलाई मान्छन ।

फिल्मलाई भारतीय मिडियाहरुले हलिउड फिल्मलाई मात खुवाउने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्