सौगात र अनुभव स्टारर ‘शब्द’को टिजर र पोस्टर रिलिज (भिडियो)



रंग खबर, काठमाडौँ | युवा स्टार सौगात मल्ल र बालस्टार अनुभव रेग्मीको अभिनय रहेको फिल्म ‘शब्द’को टिजर तथा पोस्टर रिलिज गरिएको छ ।

shabd 2

राजधानीमा आयोजित एक कार्यक्रममा सेलेब र पत्रकार बीच सन्तोष सिवाकोटी निर्देशित फिल्मको प्रचार सामग्री बाहिर ल्याइयो । फिल्ममा सौगात र अनुभवसंगै कमली वाइवा र वसिन भट्टराईको पनि अभिनय रहेको छ ।

shabd

टिजर हेर्दा फिल्म प्रेमकथानकको अनुमान लगाउन सकिन्छ । फिल्मलाई छिरिङदोर्जे लामाले निर्माण गरेका हुन् । फिल्ममा राजनराज शिवाकोटी र गैरे सुरेशको संगीत रहेको छ ।

ट्रेलर लन्च कार्यक्रममा सौगात मल्ल, कमली वाईवा, अनुभव रेग्मी, राजनराज सिवाकोटी, स्वरुपराज आचार्य, मिलन आमात्य लगाएतका कलाकारको उपस्थिति थियो । फिल्म आगामी पौष २९ मा रिलिज हुनेछ ।

Watch Here Trailer:-

प्रतिक्रिया दिनुहोस्