राष्टिय नाँचघरमा सुरु भयो नेफ्टा डान्स रिहर्सल (हेर्नुस फोटो)



रंग खबर, काठमाडौँ | आगामी पौष ८ मा युएईको दुवईमा हुन् गैरहरेको ९औ संस्करणको नेफ्टा अवार्डको लागि डान्स रिहर्सल सुरु भएको छ ।

nefta award 5

राष्टिय नाँचघरमा भैरहेको रिहर्सलमा पहिलो दिन छुल्ठिम गुरुङ, पुजा शर्मा, रिस्ता बस्नेत, माला लिम्बु, सलोन बस्नेत, अनुपबिक्रम शाही, नम्रता सापकोटा, लगाएका कलाकारलाई डान्सगुरु नरेशवीर सिंले नंचाए ।

nefta award 4

अवार्डमा राजेश हमाल, करिश्मा मानन्धर, प्रियंका कार्की, नम्रता श्रेष्ठ, संचिता लुइँटेल, निखिल उप्रेती, नजिर हुसेन, जेबिका कार्की, पल शाह, सम्राज्ञी शाह लगाएतका कलाकारले स्टेज तताउने छन् ।

nefta award 3

पछिल्लो वर्ष रुचाइएका गीतहरु ‘रा जैले रिसाउने’ सुर्के थैली, पूर्वपश्चिम रेल, म यस्तो गीत गाउँछु, हारेँ हारेँ, ब्लास्ट हुनेवाला छ मेरो जवानी, झकास झापाली लगायतका गीतमा नृत्य प्रस्तुत गरिने भएको छ । अभिनेत्री करिश्माले तीन गीतमा नृत्य प्रस्तुत गर्दैछिन् ।

nefta award

वर्ष ०७२ मा रिलिज भएका फिल्म सहभागि अवार्डमा २८ विधा समावेश छन् । दुबईको अल नासार लिजरल्यान्डस्थित आइस रिङ्कमा भव्यतापूर्वक अवार्ड हुँदैछ । उक्त हलमा यसअघि भारतका क्षेत्रिय सिनेमाहरुले ठूला अवार्ड सम्पन्न गरिसकेका छन् । सयभन्दा बढी कलाकार, प्राविधिक, फिल्मकर्मी र पत्रकारको टोली दुबई लगिने अध्यक्ष लामाले बताए ।

पछिल्लो समय विदेशमा भइरहेका अवार्ड आलोचित भइरहेको बेला यो अवार्डको व्यवस्थापनको जिम्मा लिएको कन्सेप्ट भिजन एण्ड फिल्म डिष्ट्रिब्युसन कम्पनीका अनिससिंह ठकुरी (सुवास)ले नेफ्टा अवार्ड भब्य हुने बताए । ‘हामी व्यवस्थापनमा कुनै कसर बाँकी राख्ने छैनौं,’ उनले दाबी गरे ।

nefta award 2

प्रतिक्रिया दिनुहोस्