संगै बलिउड डेब्यु गरेका रणवीर र सोनम दोस्रो पटक संगै रोमान्स गर्दै



रंग खबर, काठमाडौँ | रणवीर कपुर र सोनम कपूरले संजयलिला भन्सालीको ‘सावरिया’बाट २००७ मा बलिउडमा डेब्यु गरेका थिए । ‘सावरिया’मा रोमान्स गरेका रणवीर र सोनम अब फेरी संगै देखिने भएका छन् ।

sonam-ranbir-in-saawariya

निर्देशक राजकुमार हिरानी संजय दत्तको बायोपिकमा बनाउन लागेको संजयकी प्रेमिकाको भूमिकामा सोनम देखिने भएकी छिन । फिल्ममा संजयको भूमिकामा रणवीरले काम गर्नेछन ।

भारतीय मिडियाका अनुसार यो चलचित्रमा अब संजयकी प्रेमिकाको भूमिकामा नायिका सोनम कपुर देखिदैछिन् । ८० देखि ९० को दशकमा संजयको जीवनमा रोमान्स गरेका यूवतीहरुको प्रतिनिधित्व गर्दै सोनमले काम गर्नेछिन् । सोनम र रणवीरले संजयलिला भन्सालीको ‘ब्ल्याक’मा असिस्टेन डिरेक्टरको रुपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्