‘छक्का पन्जा’ हिट भएपछी नम्रताको व्यस्तता कति त ? (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | कलाकारले नै भरिएको ‘छक्का पन्जा’ हेर्न करिब एक महिना हलनै भरियो । नेपाली फिल्मको इतिहासमा सर्वाधिक कलेक्सनको रेकर्ड राखेको ‘छक्का पन्जा’बाट धेरै अनुहार नोटिस भए ।

namrata sapkota

भर्खरै मात्र फिल्म क्षेत्रमा इन्ट्री गरेका नम्रता सापकोटा र वर्षा राउत पनि दर्शकको नजरमा पर्न सफल भए । फिल्ममा सरल तर बोल्ड अवतारमा प्रस्तुत भएकी नम्रता सापकोटालाई पनि दर्शकले रुचाए ।

‘छक्का पन्जा’बाटै नम्रताका फ्यान भएका दर्शक नम्रतालाई छिट्टैनै आगामी फिल्ममा देख्न चाहन्छन । यहि कुरालाई मध्यनजर गर्दै अब छिट्टैनै नम्रताको नयाँ फिल्म सार्वजनिक हुने भएको छ ।

रंगखबरसंगको जम्काभेटमा गफिदै नम्रता भन्छिन: अहिले कुनै पनि प्रोजेक्टमा आवद्द छैन । अहिले याड, म्युजिक भिडियो र स्टेज प्रोग्राममा ब्यस्त छु । अहिले प्रोसेसमा छु केहि प्रोजेक्टको । अहिले यतिकै त नभनौ होला । अब छिट्टैनै प्रेसमिट गरेर सार्वजनिक गर्नेछौ ।

हेर्नुस भिडियो:-

प्रतिक्रिया दिनुहोस्