दिनेश राउतको ‘पर्व’मा नम्रता र कोशिसले जोडी बाँध्ने



रंग खबर, काठमाडौँ | यसअघिको ‘क्लासिक’ र ‘नोभेम्बर रेन’को टिमले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ । निर्माता सुवास गिरि, नम्रता श्रेष्ठ र दिनेश राउतको टिम अब ‘पर्व’को लागि जोडिएको छ ।

Capture

टिभी फिल्मीको छैटौ वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको ‘पर्व’मा गोपिकृष्ण मुभिजको टिभी फिल्मी र सुवास ईन्टरटेन्मेन्टको प्रस्तुति रहनेछ ।

फिल्ममा टिभी फिल्मीकी अध्यक्ष निकिता पौडेल र सुवास गिरिको लगानी रहनेछ । फिल्ममा नम्रता श्रेष्ठ, कोशिस छेत्री र अमितेष शाहले मुख्य भूमिका निर्वाह गर्नेछन् ।

यहि वर्षको चैत २५ मा प्रदर्शनको लक्ष्य राखिएको फिल्ममा कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, हिमाल केसीको एक्शन, कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्