‘दर्पण छायाँ २’ शिर्ष गीत ‘आकाशैमा…’ रिलिज (हेर्नुस भिडियो)



रंग खबर, काठमाडौँ | तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ २’को शिर्ष गीत रिलिज भएको छ । राजेशपायल राई, मेलिना राई, अशोक धमला र कर्मा गोल्जेनको स्वर समावेश ‘आकाशैमा…’ बोलमा चन्दन लोम्जेलको संगीत रहेको छ ।

darpan chhayan 2

नव कलाकार पुष्पल खड्का र साहारा फिचरिङ गीत सुन्दा मिठो लाग्छ । फिल्ममा पुष्पल र साहारासंगै श्रद्धा प्रसाईं, फिरोज तिमिल्सिना, सेरबहादुर गुरुङ, जीवन आचार्य लगायतले अभिनय गरेका छन् ।

Capture

तुलसी घिमिरेको सुपरहिट फिल्म ‘दर्पण छायाँ’को सिक्वेल तुलसीको कमब्याक फिल्म हो । फिल्मलाई सबु गदाल कार्की र रवि कार्कीले निर्माण गरेका हुन् ।

Watch Here Song:-

प्रतिक्रिया दिनुहोस्